काठमाण्डु – वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले १ जनालाई काठमाण्डुबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका घर भएका २९ वर्षीय ओम प्रकाश चौधरी छन् ।
उनले ३ जना पीडितबाट १६ लाख ९२ हजार रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
उनलाई कानूनी कारवाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रतिक्रिया