राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईं ३ लाख घुससहित पक्राउ

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईं ३ लाख घुससहित पक्राउ


काठमाण्डु – राष्ट्रिय किताबखाना काठमाण्डुका शाखा अधिकृत धनेश्वर प्रसाईं ३ लाख घुससहित पक्राउ गरेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले प्रसाईंलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको छ । पेन्सनपट्टा बनाइदिने भन्दै उनले सेवाग्राहीसँग ३ लाख घुस मागेका थिए ।

सेवाग्राहीबाट ३ लाख घुस रकम लिइरहेको अवस्थामा प्रसाईंलाई कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । अख्तियारको नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको घिमिरेले बताए ।