जबरजस्तीकरणी गरेको अभियोगमा झापा र तनहुँबाट २ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा झापा र तनहुँबाट २ जना पक्राउ


काठमाण्डु – जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले झापा र तनहुँबाट २ जनालाई पक्राउ गरेको छ ।

झापामा १८ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको वेष्ट बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

तनहुँमा १३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।