सुनसरी – अवैध लागूऔषध गाँजासहित प्रहरीले सुनसरीबाट ३ जनालाई पक्राउ गरेको छ ।
धरान उपमहानगरपालिका–२० खैरे खोलाबाट अवैध लागूऔषध गाँजा करीब ५६ किलो ४०५ ग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बस्ने २० वर्षीय राजु विश्वकर्मा छन् ।
अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ज ३१५८ नम्बरको पिकअपबाट ४ वटा बोरामा रहेको गाँजा फेला पारी चालक कमल, सहचालक राजु र पिकअपमा सवार प्रदीपलाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया