काठमाण्डु – अवैध लागूऔषधसहित काठमाण्डु र कैलालीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डुको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन करीब २५ ग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बस्ने ३० वर्षीय सुन्दर यादव र ३१ वर्षीय विजय यादव छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टादेखि काठमाण्डुतर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४५५८ नम्बरको बसमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ११० मिलिग्रामसहित बैतडीको पुर्चौडी नगरपालिका–२ बस्ने ३४ वर्षीय नरेश साउँदलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया