मोरङ – विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट दुर्लभ जनावर सुन गोहोरो ६ वटा सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् ।
सीआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट विराटनगरतर्फ आउँदै गरेका उनीहरूलाई सुन गोहोरोसहित पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङ पठाइएको छ ।
प्रतिक्रिया