विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ

विद्यालयका लेखापाल ६५ हजार घुससहित पक्राउ


काठमाण्डु – नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका लेखापाल र विद्यालय व्यवस्थापन समितिका सदस्य ६५ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटबलबाट खटिएको टोलीले घुस लिइरहेको अवस्थामा २ जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विद्यालयका लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार छन् । भवन निर्माणपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा दुवै जनालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।