कैलाली – जिल्लाको धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन ५५० मिलिग्रामसहित गोदावरी नगरपालिका–५ बस्ने ३१ वर्षीय निरज धामीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको हो ।
लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया