काठमाण्डु – क्यानडा पठाइदिन्छु भनी १२ लाख ठगी गर्ने व्यक्तिलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।
ठगी आरोपमा काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेललाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात विदेश नपठाएर सम्पर्कविहीन भएको आरोपमा पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध पीडितले जाहेरी दिएपछि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेको पाइएको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
प्रतिक्रिया