अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ

अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ जना पक्राउ


काठमाण्डु – वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाण्डुको टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।

पक्राउमध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाण्डु महानगरपालिका–१२ बाट सोमबार र नितेशलाई काठमाण्डु कागेश्वरी मनोहरा नगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।

भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।