नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरी टोलीले आरोपित युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाएर गत कात्तिक २९ गते जबरजस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको छ ।

प्रहरीले युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट ७ दिनको थुना अनुमति लिएर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले बताए ।