काठमाण्डु – सहकारी सहकारी ठगीमा फरार रहेका हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम श्रेष्ठ भन्ने सोमप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका श्रेष्ठलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धानले नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबारमा पठाएको छ ।
काठमाण्डु जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार चितवन जिल्ला भरतपुर महानगरपालिका–२१ रंगिलाका ६३ वर्षीय श्रेष्ठ हाल काठमाण्डु महानगर–२९ घट्टेकुलो बस्दै आएका थिए ।
हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ८ जना बचतकर्ताको बचत ठगेर फरार भएका थिए । अझै ६ जना फरार रहेका छन् ।
बचतकर्ताको पैसा फिर्ता नगरी भाग्नेमा सहकारीका सचिव उदयपुर जिल्ला कटारी नगरपालिका–४ का होमप्रसाद निरौला, सहकारीका कोषाध्यक्ष सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–८ का गणेश अधिकारी छन् ।
सहकारीका सञ्चालक समिति सदस्य स्याङजा जिल्लाको आँधिखोला गाँउपालिका–३ की ईन्दिरा केसी, सञ्चालक समिति सदस्य काठमाण्डु महानगरपालिका–२८ की दिया मास्के, सहकारीका सञ्चालक ओखलढुंगा साविकको ज्यामिरे गाविस–५ का प्रदिप कुमार खड्का, सहकारीको सञ्चालक काठमाण्डु महानगरपालिका–३२ का मनिक रत्न स्थापित र काठमाण्डु महानगरपालिका–३३ बस्ने सहकारीका सञ्चालक सिता श्रेष्ठ फरार छन् ।
प्रतिक्रिया