काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
धादिङको गजुरी गाउँपालिका–२ रातामाटेबाट अवैध लागूऔषध गाँजा करीब ६ किलो ९०० ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका–३ वालसिङ्ग बस्ने २३ वर्षीय सुनिल तामाङ र ३५ वर्षीय दिलबहादुर तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा९३प ३३४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट अवैध लागूऔषध ब्राउनसुगर २४ ग्राम १०० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका–८ गाउँ बस्ने २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर रहेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया