लागूऔषधसहित २ जना पक्राउ

लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा – प्रहरीले लागूऔषधसहित धनकुटाबाट २ जनालाई पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका–७ जिरो प्वाइन्टबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २०५ क्याप्सुल, स्पास्मो १२५ क्याप्सुल र स्पास्पेन २० ट्याब्लेटसहित २१ वर्षीय रविन राई समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले रविनको घर तलासी गर्ने क्रममा लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।