काठमाण्डु – आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर उद्योगमा संलग्न रहेको अभियोगमा सर्लाहीको धनकौल गाउँपालिका–२ ठेगाना भई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ लोकन्थली बस्ने सुदिप कुमार साह गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले धाकधम्की दिई अपहरण समेत गर्ने डरत्रास देखाई रकम माग गरेको भन्ने उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले गुप्तालाई काठमाण्डु महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।
उनलाई आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसूर उद्योगमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।
प्रतिक्रिया