मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५७० ट्याब्लेटसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका–२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका–१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ग१२प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया