काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट अवैध लागूऔषध गाँजा करीब १५ किलोग्रामसहित सहिदभूमि गाउँपालिका–७ बस्ने ३२ वर्षीय चिरञ्जीवी राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले खाँदबारीबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ३८०४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १ ग्राम ७ मिलिग्रामसहित भारतको बिहार अररिया थाना फुल्काबजार नरपथगञ्ज बस्ने २२ वर्षीय मो. नहिमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ मेचीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन ८७ ग्राम ३४० मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत वेष्ट बंगाल दिनाजपुर बस्ने ३२ वर्षीय साम्सद खान र २७ वर्षीय साहेव अली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी ट्यांकीबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया