हत्या गरेको अभियोगमा २ जना पक्राउ

हत्या गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।

मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका लक्ष्मणको राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डुमा थप उपचारको क्रममा मृत्यु भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको छ ।

उनीहरूउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।