रौतहट – बारा प्रहरीले लागूऔषध चरेशसहित १ जनालाई पक्राउ गरेको छ ।
हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा४८प ९३३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११.६८ किलो लागूऔषध चरेश बरामद गरेको छ ।
लागूऔषध चरेश बोकेर हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट चरेश, मोटरसाइकलसहित आरोपीलाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनका अनुसार मकवानपुरको थाहा नगरपालिका–६ ब्रर्जबारे बस्ने ३८ वर्षीय दशरथ थिङलाई पनि नियन्त्रणमा लिइएको छ । मोटरसाइकलको सिटमुनि लुकाइछिपाई राखिएको अवस्थामा लागूऔषध चरेश बरामद गरिएको उनले जानकारी दिए ।
लागूऔषधका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया