अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डु र बाराबाट अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो २०० ग्रामसहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलीम मोहम्मद रुमोजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रीलंकन एयरको उडानद्वारा काठमाण्डु हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट लागूऔषध फेला पारी पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

बाराको प्रसौनी गाउँपालिका–४ खुटवा बस्ने ३१ वर्षीय पवन कुमार साहलाई अवैध लागूऔषध गाँजा २ किलो १०० ग्राम र नगद २७ हजार ४३० रूपैयाँसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।