अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको कचनकवल गाउँपालिका–६ बनियानि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८२० मिलिग्रामसहित कचनकवल गाउँपालिका–५ बस्ने २८ वर्षीय कासिम मियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले बीआर ३७ एई ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–४ बस्ने २८ वर्षीय अंकित कुमार निगम बानिया र बाजुरा त्रिवेणी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लुप प्र ०१–००१ प ९२७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।