काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ३३ ग्राम ४०० मिलिग्रामसहित जुम्लाको चन्दननाथ नगरपालिका–५ बस्ने २२ वर्षीय प्रवेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन २७ ग्राम १३० मिलिग्रामसहित पाँचथरको कुम्मायक गाउँपालिका–३ बस्ने २८ वर्षीय अइन्द्र विक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे९प ३४३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
झापाको झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४२० मिलिग्रामसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–५ बस्ने २७ वर्षीय पञ्चम ताजपुरिया र २६ वर्षीय अर्जुन हजाम छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम ७४० मिलिग्रामसहित सुनसरीको धरान उपमहानगरपालिका–१४ बस्ने ३९ वर्षीय रमेश परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्र १–०२–०५१ प १८३१ नम्बरको मोटरसाइकलमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन ४७ मिलिग्रामसहित पाचँथरको फिदिम नगरपालिका–२ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा५ख ६०२७ नम्बरको हायसमा सवार उनलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टबाट अवैध लागूऔषध खैरो हेरोइन करीब २१ ग्राम ९१० मिलिग्रामसहित ललितपुरको ललितपुर महानगरपालिका–९ बस्ने ४२ वर्षीय सरोज खड्कालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले काँकरभिट्टाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा५ख ६८०३ नम्बरको हायसमा सवार उनलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ चार नम्बर साइकल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ३० मिलिग्रामसहित तिलोत्तमा नगरपालिका–११ मद्रानी रामटोल बस्ने २६ वर्षीय राजकुमार खौसीयालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा २४ वर्षीय आशिष कुमार सरदार र ३० वर्षीय कृष्ण चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका–१८ पिपलडाली बस्ने पर्वत घर भएका ३८ वर्षीय गोपाल पुन मगरलाई नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारागन १७ एम्पुल र नुर्फिन १७ एम्पुलसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट अवैध लागूऔषध चरेश करीब ६०५ ग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सूर्य बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया