काठमाण्डु – राजधानी काठमाण्डुको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव गोपाल शाही नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट अर्कैको प्रहरी जवानको परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ ।
कालिकोटको शुभकालिका गाउँपालिका–७ घर भई हाल काठमाण्डुको लैनचौर बस्ने २४ वर्षीय गोपाल शाहीसहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाण्डु जिल्ला अदालतबाट ५ दिन थुनुवा अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया