चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–९ बस्ने दाङको तुलसीपुर उपमहानगरपालिका–६ घर भएका ३१ वर्षीय नारायण बस्नेत रहेका छन् ।

नारायणले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।