अवैध लागूऔषधसहित ३ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले झापा र कैलालीबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८७० मिलिग्रामसहित २ जनालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० चन्द्रगढीबजार बस्ने ४३ वर्षीय सन्तोष कुमार काफ्ले र ३६ वर्षीय विजय राजबंशी रहेका छन् । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले लागूपदार्थसहित पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट अवैध लागूऔषध चरेश २ किलो ५८० ग्रामसहित गौरीगंगा नगरपालिका–८ बस्ने ५३ वर्षीया बेलमती बोहरालाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।