बाह्य मुलुकतर्फ लैजान लागेको नगदसहित भारतीय नागरिक पक्राउ

बाह्य मुलुकतर्फ लैजान लागेको नगदसहित भारतीय नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाह्य मुलुकतर्फ लैजान लागेको नगदसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँसहित भारतीय नागरिक ४५ वर्षीय सौरभ ठुकराललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एयर ईन्डियाको उडानद्वारा काठमाण्डुबाट दिल्ली जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट रकम फेला पारी पक्राउ गरेको छ ।

आवश्यक अनुसन्धान एवं कारवाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।