ठुलोमात्रामा अवैध लागूऔषध सहित तिन जना पक्राउ

ठुलोमात्रामा अवैध लागूऔषध सहित तिन जना पक्राउ


काठमाडौं– प्रहरीले अवैध लागूऔषध सहित तिनजनालाई प्रकाउ गरेको छ । नुवाकोट तलाखु गाउँपालिका–५ का २५ बर्षीइय सुनिल घिमिरे, बारगढीमाई नगरपालिका–१० का बिगु भर र भारत दरभंगाका २६ बर्षीय मोहम्मद रिया जुदिनलाई प्रकाउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट डाइजेल्याप २ सय ३ थान, नोर्फिन २ सय ३ थान र फेनारगन २ सय ३ थान सहित र बिगु तथा मोहम्मदलाई काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुल नजिकबाट लागूऔषध डाइजेल्याप १ हजार ६ सय थान, नोर्फिन १ हजार ६ सय थान, फेनारगन १ हजार ६ सय थान, गाँजा ११ प्याकेट, ल्यापटप १ थान र गाँजा पेल्ने हाते मेशिन १ थान सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत जनसेवाको प्रहरीले घिमिरेलाई मंगलबार काठमाडौं महानगरपालिका–२१ स्थित जैशीदेवलबाट लागूऔषध सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।