युरोप लगायतका देश पठाउने भन्दै ठगी गर्ने पक्राउ

युरोप लगायतका देश पठाउने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौँ – बैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भनी लाखौं रकम ठगी गर्ने सुनौलो प्रकाश कन्सल्टेन्सका संचालक आर्यन लामालाई मंगलबार टेकुबाट प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानको क्रममा लामाले दोलखा घर भएका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी विश्वास दिलाई ३ लाख ५० हजार लिएको खुल्न आएको छ ।

लामाले स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी र लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको चेक दिई सो खातामा मौज्दात रकम नभएको पछि युवाहरुले प्रहरीलाई खबर गरेको थिए । पिडित युवाहरु भुक्तानी लिन जाँदा ति सहकारीहरुको खाता नै बन्द गरेको बुझिन आएको थाहा पाए । अनि आफु ठगीएको उनीहरुले थाहा पाएको बताएका छन् ।

लामाले खोटाङ निर्मलीडाँडा–१ का हरिकाजी बस्नेत समेत ४ जनालाई स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै बस्नेतबाट ३३ लाख लिई रोजगारीमा नपठाई ठगी गरेको प्रहरीले जनाएको छ । पीडितले रकम माग गर्दा खातामा रकम मौज्दात नभएका सहकारी संस्थाको चेक दिई ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा अनुसन्धानमा खटिएको महानगरीय अपराध महाशाखाको प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । लामालाई थप अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको बताएको छ ।