एजेन्सी – दुबईमा आइतबार भएको एसिया कपको सुपर फोरको खेलमा पाकिस्तानसँग भारत पाँच विकेटले पराजित भएपछि भारतका फास्ट बलर अर्शदीप सिंहलाई बलिको बोका बनाइएको छ ।
अर्शदीप सिंहका पिता दर्शन सिंह केन्द्रीय औद्योगिक सुरक्षा बल सीआईएसएफका इन्स्पेक्टर हुन् । आइतबार दर्शन सिंहले दुबई इन्टरनेशनल स्टेडियम पुगेर भारत–पाकिस्तान खेल हेरे । अर्शदीपकी आमा बलजीत कौरले पनि छोराको खेल हेरिन् ।
पाकिस्तानका आसिफ अलीले प्रहार गरेको बल अर्शदीप सिंहले साधारण क्याच गुमाए । भारतलाई विकेटको नितान्त आवश्यकता हुँदा यो क्याच छुटेको थियो । क्याच छाडेपछि सामाजिक सञ्जालमा अर्शदीपको आलोचना भएको थियो । उनको विकिपिडिया पृष्ठलाई पनि एक अज्ञात प्रयोगकर्ताले सम्पादन गरी ‘खालिस्तानी’ थपेको थियो।
दुबईबाट खेल हेरेर चण्डीगढ फर्किएका दर्शन सिंहले अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसलाई भने, ‘बुवाको रूपमा निकै नराम्रो लाग्छ । उ अहिले २३ वर्षको छ । म ट्रोलको विषयमा धेरै भन्न चाहन्न। सबैको मुख बन्द गर्न सकिनँ। प्रशंसक बिना कुनै खेल छैन। धेरै मानिसहरु हाम्रो साथमा छन्। यस्तो अवस्थामा हार पचाउन नसक्नेलाई केही भन्दिन ।’
सोमबार इलेक्ट्रोनिक्स र आईटी मन्त्रालयले विकिपिडिया फाउन्डेसनका कार्यकारीहरूलाई बोलाएको थियो। उनलाई अर्शदीपको पृष्ठ सम्पादन गरेर खालिस्तानी’ कसरी थपियो भनेर सोधिएको थियो। अर्शदीपको समर्थनमा धेरै पूर्व क्रिकेटर र नेताहरु पनि खुलेर आएका छन् ।
दर्शन सिंह र आमा बलजीत कौरले दुबईबाट चण्डीगढ उडान गर्नुअघि अर्शदीप सिंहसँग कुरा गरेका थिए । दर्शन सिंहले भने, ‘अर्शदीपले ती ट्विट र म्यासेजहरू हेरेर हाँसेको बताए । उनले यी सबै कुरालाई सकारात्मक रुपमा लिएको बताए । यी कुराले आत्मविश्वास बढ्छ भन्ने मेरो छोराले बताए।’ दर्शन सिंह हाल निजी कम्पनीमा सेक्युरिटी प्रमुख छन् । बलजीत कौरले भनिन्, ‘अर्शदीपले भनेका थिए कि सम्पूर्ण टीम भारत उनको समर्थनमा उभिएको छ।’
१८ औं ओभरमा रवि विष्णोईको बलमा पाकिस्तानका आसिफ अलीले खराब शर्ट खेले । त्यसपछि पाकिस्तानले चार विकेटमा १५१ रन बनाएको थियो र जितका लागि १८२ रन जोड्नु परेको थियो । अर्शदीपले अन्तिम ओभर गरे र आसिफ अलीलाई एलबीडब्ल्यू आउट गरे। अर्शदीपले २० औं ओभरको चौथो बलमा आसिफ अलीलाई आउट गरे। तर अन्तिम ओभरमा सात रन मात्र बनाउन बाँकी थियो र पाकिस्तानले खेल पाँच विकेटले जित्यो।
यति हुँदाहुँदै पनि अर्शदीपका अभिभावक फाइनल खेल हेर्न दुबई जान तयार छन् । दर्शन सिंहले भने, ‘यदि भारत फाइनलमा पुग्यो भने हामी दुबई जान्छौँ । हामी भारतलाई एसिया कप जितेको हेर्न चाहन्छौं। अर्शदीपले भारतका लागि खेल जित्नका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।’
दर्शन सिंहले आइतबारको खेल भारतले जितेको भए पाकिस्तानी टोलीबाट कोही बलिको बोका हुने बताए । दर्शन सिंहले भने, ‘यदि खेल भारतले जितेको भए पाकिस्तानका फखर जमान बलिको बोका बन्न सक्थे । उनले भारतको इनिङ्सको अन्त्यमा क्याच छोडे र मिसफिल्डिङ पनि गरे। हरेक क्रिकेटर आफूले खेलेको देश जित्न चाहन्छन् । हराउन कोही पनि खेल्दैन। यो विवादपछि अर्शदीप मानसिक रूपमा बलियो बनेका छन् ।’
अर्शदीपकी आमा बलजीत कौरले क्याच छुटेको विषयमा राम्रो नराम्रो बोल्नेहरुले छोराबाट धेरै आशा गरेको बताइन् । बलजीतले भनिन्, ‘मानिसहरूले भावनाका कारण यस्तो भनिरहेका छन् । जब मेरो छोराले राम्रो गर्छ, मानिसहरूले यी सबै कुरा बिर्सनेछन्।’
प्रतिक्रिया