काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेका हुन् ।
अर्थमन्त्री महतले यथेष्ट छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरे अनुसार नै सिद्धान्त र प्राथमिकता पेस गरिएको जानकारी गराए।
‘नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले बजेट तथा कार्यक्रमको बारेमा छलफल गर्न यथेष्ट समय उपलब्ध गराउने बताउनुभएको थियो,’ उनले भने।
प्रतिक्रिया