अरुण चौधरीलाई राज्यमन्त्री बनाउन रञ्जिताले गरिन् सिफारिश (पत्रसहित)

अरुण चौधरीलाई राज्यमन्त्री बनाउन रञ्जिताले गरिन् सिफारिश (पत्रसहित)


काठमाण्डु-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सांसद अरुण चौधरीलाई राज्यमन्त्री बनाउन सिफारिश गरेके छ । अध्यक्ष रन्जिता श्रेष्ठले सांसद चौधरीलाई राज्यमन्त्रीमा सिफारिस गर्न प्रधानमन्त्री ओलीलाई पत्र लेखेकी हुन् ।

अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय भने टुङ्गो लागएका छैन । सरकारमा जान जमत पार्टी र जसपा–नेपाल पनि तयार देखिन्छ । तर सरकारमा सहभागिताका लागि साना दलहरूको टुंगो लागेको छैन ।

तर, ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने वा नबनाउने भने निश्चित भइसककेो छैन ।

नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष श्रेष्ठले चौधरीलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।

अरुण मन्त्रीका आकांक्षी हुन् । केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले पार्टीका संस्थापक रेशम चौधरी निकट भएका छन् ।
उनले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।