४२ वर्ष रात र ४२ वर्ष दिन हुने अरुण ग्रहबारे जानकारी

४२ वर्ष रात र ४२ वर्ष दिन हुने अरुण ग्रहबारे जानकारी


एजेन्सी – अंग्रेजीमा युरेनसन भनिने अरुण ग्रहको नाम त तपाईले सुन्नुनै भएको होला । यो ग्रहलाई ग्यास दानव पनि भनिन्छ । किनकी यसमा ढुंगा–माटोको सट्टा धेरैजसो ग्यास रहेको छ । यसको आकार पनि धेरै ठूलो रहेको छ ।

यो टेलिस्कोपको सहयोगबाट खोजिएको सौर्यमण्डलको पहिलो ग्रह हो । यो सौर्यमण्डलको आठ ग्रह मध्ये सूर्यको दुरीको आधारमा सातौ सबैभन्दा परको ग्रह हो । आज हामी तपाईलाइै यस ग्रहको केही रोचक कुरा भन्दैछौ, जसलाई थाहा पाएपछि तपाई पनि अचम्ममा पर्नुहुनेछ ।

अरुण आफ्नो अक्षमा करिब १७ घन्टामा एक फेरो लगाउछ । यसको सोझो अर्थ यो छ कि अरुणमा एक दिन केबल १७ घन्टाको हुन्छ । याहाँको १ वर्ष पृथ्वीको ८४ वर्ष बराबर हुन्छ । अरुणमा ४२ वर्षसम्म रात र ४२ वर्षसम्म दिन हुने गर्छ ।

अरुणमा दुई मध्ये १ ध्रुवमा ४२ वर्षसम्म सूर्यको सामु हुनेछ र दोस्रो अन्धकारमय हुनेछ ।

अरुण ग्रह सूर्यबाट लगभग ३ अर्ब किलोमीटरको दुरीमा रहेको छ । यसै कारणले यो ग्रह धेरैनै चिसो हुने गर्छ । याहाँको औसत तापक्रम माइनस १९७ डिग्री सेल्सियस हुन्छ । वैज्ञानिकका अनुसार अरुणको न्यूनतम तापक्रम माइनस २२४ डिग्री सेल्सियस कायम भएको छ ।

पृथ्वीको एक मात्र चन्द्रमा रहेको छ भने अरुणको कुल २७ प्राकृतिक उपग्रह अर्थात् चन्द्रमा रहेका छन् । यद्यपि यी मध्ये धेरै चन्द्रमा अत्यन्त साना र असन्तुलित छन् । यसको भार अत्यन्त कम रहेको छ ।

अरुण आफ्नो कक्षमा ९८ डिग्रीसम्म झुकेको छ । यही कारणले याहाँको मौषम पनि धेरैनै असामान्य रहेको छ । याहाँ सधैनै आधीको जस्तो अवस्था रहन्छ । याहाँको हावा तीव्र दरमा चल्छ, जुन अधिकतम ९०० किलोमीटर प्रति घन्टाको दरमा चल्ने गरेको छ ।