अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार


संखुवासभा – संखुवासभाको अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा फ्याक्सिन्दामा पुरिएका चारजना मजदुरको ३८ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना गाउंपालिका ४ का प्रदीप शाही, जुम्लाको चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारतको बिहारका नन्द किसोरको आइतबार सकुशल उद्धार गरिएको संखुवासभाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले जानकारी दिए ।

ठुलो पहिरो गएकाले उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान गर्दै प्रहरीले सकुशल उद्धार गर्ने सम्भावना नरहेको बताएपनि शनिवार दिउँसोदेखि खोज तथा उद्धारको काम थालेको थियो ।

उद्धार गरिएका चारैजनालाई घटनास्थलमै स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिरहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि डिएसपी सारुमगरले जानकारी दिए । सुरुङमा बिस्फोट गराईसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए ।