अरुणभ्याली हाइड्रोपावरका शेयर धनीले पाउने भए १० प्रतिशत लाभांश

अरुणभ्याली हाइड्रोपावरका शेयर धनीले पाउने भए १० प्रतिशत लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रोपावर लिमिटेड शेयर धनीलाई १० प्रतिशत लाभांश दिने भएको छ। 

 

 

अरुणभ्यालीको शुक्रबार राजधानीमा सम्पन्न २०औँ साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

 

 

यसैगरी, साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ।

 

 

२० वर्ष लामो जलविद्युत्को विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत् आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको छ।

 

 

यस्तै सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११।८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन शुरु गरेको सो अवसरमा जानकारी दिइएको छ।