मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतको निवेदन खारेज

मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतको निवेदन खारेज


काठमाण्डु – भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको निवेदन खारेज भएको छ ।

राउज एभेन्यु अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढाएको छ । मुख्यमन्त्री केजरीवालमाथि अदालतले रक्सी घोटालामा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा हिरासत बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी अब १९ जुनसम्म न्यायिक हिरासतमा बस्नुपर्नेछ । बुधबार उनलाई भिडियो कन्फ्रेन्समार्फत अदालतमा पेश गरिएको थियो । सुनुवाइपछि अदालतले मुख्यमन्त्री केजरीवालको ७ दिनको अन्तरिम जमानतको निवेदन खारेज गरेको हो ।

केजरीवालले मेडिकल कारण देखाउँदै ७ दिनको जमानत मागेका थिए । अदालतले आवश्यक स्वास्थ्य परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

राजधानीमा रक्सीको व्यापारमा लगानीको बदलामा पञ्जाबका व्यापारीहरूबाट घुस लिइएको प्रवर्तन निर्देशनालय (ईडी) ले आरोप पत्रमा उल्लेख गरेको छ ।