काठमाण्डु – मदिरा घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदातलले जमानत दिएको छ ।
दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार उनलाई जमानत दिएको छ ।
केजरीवालका अधिवक्ता विवेक जैनले अदालतले जमानत दिएको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुख्यमन्त्री केजरीवाल हाल दिल्लीको तिहाड जेलमा छन् । सम्भवतः उनी भोलि शुक्रबार जेलबाट रिहा हुने जनाइएको छ ।
प्रतिक्रिया