काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार भारतको नयाँदिल्ली पुगेकी छन् ।
उनी युरोपका केही कार्यक्रममा सहभागी भएर बुधबार जर्मनीको बर्लिनबाट नयाँदिल्ली आएकी थिइन् ।
उनले भोलि शुक्रबार नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछिन् । त्यसपछि मन्त्री डा. राणाले नयाँदिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया