काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा १६ दिनपछि स्वदेश फिर्ता भएकी छन् ।
मंसिर २२ गते जर्मन प्रस्थान गरेकी मन्त्री डा. देउवा पुस ३ गते सोझै भारत आएकी थिइन् । भारत बसाइका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्न प्रयास गरे पनि सफल हुन नसकेको स्रोतले जनाएको छ ।
उनका समकक्षी भारतीय विदेशमन्त्री डा. एश जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेताहरूले भारतमा रहँदा मन्त्री देउवालाई महत्त्व नदिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया