परराष्ट्रमन्त्री राणा झारखण्डको बैजनाथ धामबाट दिल्ली फिर्ता, विदेशमन्त्री जयशंकरलाई भेट्ने

परराष्ट्रमन्त्री राणा झारखण्डको बैजनाथ धामबाट दिल्ली फिर्ता, विदेशमन्त्री जयशंकरलाई भेट्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा झारखण्डस्थित प्रसिद्ध धार्मिकस्थल बाबा बैजनाथ धामबाट राजधानी नयाँदिल्ली फिर्ता भएकी छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर र राजदूत डा. शंकरप्रसाद शर्माले उनलाई स्वागत गरे ।

दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार उनी दिल्लीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र अन्य देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।