परराष्ट्रमन्त्री डा. राणाको प्रश्न : हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ ?

परराष्ट्रमन्त्री डा. राणाको प्रश्न : हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ‘देश खत्तम छ’ भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरूबाटै भएको बताएकी छन् ।

बिहीबार काठमाण्डुमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा … ’ पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाइराख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरूको नै दोष रहेको बताइन् ।

उनले भनिन्, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं । किन हामी सकारात्मक काममा समय खर्च गर्दैनौ । यो एउटा ठूलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरू नै यसको दोषी हौं कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिति बनाइराख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्ने मान्छेहरूको नै दोष हो कि भन्ने जस्तो लाग्छ ।’

देशमा केही पनि भएको छैन, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले यसको पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् । किताबमा छोटो रूपमा एकदमै चासो लाग्ने विषयहरू रहेको भन्दै लेखकले अहिलेको पुस्तालाई लक्षित गरेर १–१ पेजको बुझ्ने भाषामा किताब लेखेको बताइन् ।