काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि आईतबार बैंकक जाने भएकी छन् ।
थाइल्याण्डको बैंककमा २१ देखि २५ अप्रिलसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी जान लागेकी हुन् ।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१औं सत्र हुँदैछ ।
नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । सो सत्रलाई मन्त्री डा. राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दीगो शहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सत्रमा मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने जनाइएको छ ।
प्रतिक्रिया