परराष्ट्रमन्त्री डा. राणा कतारबाट स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा. राणा कतारबाट स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारबाट स्वदेश फर्किएकी छन् ।

परराष्ट्रमन्त्री राणा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार अपराह्न स्वदेश फर्किएकी हुन् ।

क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरूको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९औं महासभा बैठकबाट सम्मेलनमा सहभागिता जनाउन परराष्ट्रमन्त्री राणा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार पुगेकी थिइन् ।

विदेश भ्रमण नेपालको छवि बढाउन र समृद्धिका लागि बाह्य लगानी भित्र्याउने काममा फलदायी रहेको परराष्ट्रमन्त्री राणाले बताएकी छन् ।

स्वदेश फर्किंदा उनले भनिन्, ‘कतारमा एसियन कोअपरेटिभ डाइलग थियो । त्यसमा २ वटा इस्यु थियो– एउटा एआईकै इस्यु थियो । त्यसमा अन्तर्राष्ट्रिय जगतले नै चासो देखायो । यी कुराहरूलाई हामीले राख्यौं त्यहाँ । वर्ल्ड पिस, एसियामा भइरहेको लडाइँका विषयमा पनि कुरा भयो । त्यहाँ स्पोर्टस् डेभ्लोमेसीको कुरा पनि थियो । त्यसमा मैले नेपालमा माउन्टेरिङ र वाटर र्‍याफ्टिङको एकदमै सम्भावना छ । हामी त्यसमा लिडरशिप लिनसक्छौं भन्ने कुरा राखेर आएको छु ।’

कतारमा आयोजित सम्मेलनमा एसीडी सम्मेलनको क्रममा परराष्ट्रमन्त्री राणाले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय हितका विविध विषयमा छलफल गरेकी थिइन् ।