मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता

मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो ।

भेटका क्रममा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन् ।

साथै राणाले नेपाल पनि लैङ्गिक समानताका क्षेत्रमा युएन वुमनसँग मिलेर गर्दै आएको कार्यको स्मरण गर्दै आगामी दिनमा थप प्रवद्र्धन गर्न सदैव तत्पर रहेको बताइन् ।

त्यस अवसरमा मन्त्री राणाले नेपालले महिला सशक्तीकरण, लैङ्गिक समानता, शिक्षा, रोजगारी, उद्यमशीलता तथा अन्य आवश्यकताका क्षेत्रमा महिलाहरुलाई समान अधिकार प्रदान गरिरहेको जानकारी कार्यकारी निर्देशक बहुसलाई गराइन् ।

भेटका क्रममा लैङ्गिक समानता र महिला अधिकारका लागि नेपालमा भएको लामो सङ्घर्ष तथा आफ्नो सक्रिय सहभागिताका बारेमा पनि मन्त्री राणाले जानकारी दिइन् ।