काठमाण्डु–प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । उनी मंगलबार दिउँसो दिल्ली तर्फ लागेका हुन् ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निम्तोमा उनी भारत तर्फ लागेका हुन् ।
दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् ।
सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा समेत सहभागिता जनाउने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
द्विवेदी गत मंसिर ५ गते नेपाल भ्रमणमा आएका थिए । त्यसक्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ जनरलको सम्मान लिइसकेका छन् ।
प्रतिक्रिया