काठमाण्डु – आफैंलाई गोली हान्ने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई बर्खास्त गर्न सिफारिस भएको छ ।
घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।
चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेकाले संगठनमा राख्न उपयुक्त नदेखिएको कारण दर्साउँदै समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी दियो ।
चन्द अहिले नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत छन् । त्यसैले उनीमाथि थप कारबाही प्रक्रिया अघि बढाइएको छैन ।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज चन्दले १३ मंसिरमा आफैंलाई पेस्तोलले गोली हानेका थिए ।
प्रतिक्रिया