एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन बैंकक जाँदै

एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन बैंकक जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन सोमबार बैंकक जादैछन् । मंगलबार, बुधबार र बिहिबार गरि ३ दिन सम्म चल्ने फोरममा मन्त्री पुनले नेपालको उर्जाको समग्र अवस्थाको बारेमा जानकारी दिनेछन् । मन्त्री  पुनको नीजि सचिवालयले दिएको जानकारी अनुसार उनी सहसचिव प्रविनराज अर्यालका साथमा मध्यान्ह थाई एयरवेजबाट बैंकक जान लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासेफिक अन्तरगतको यो दोश्रो ईनर्जी फोरम बैंकक स्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुनेछ ।

मन्त्री पुनले सुरक्षा, चुनौती र संभावना तथा सरकारले अघि सार्न लागेका योजनाका र वैदेशिक सहयोग र लगानीका विषयमा पनि धारणा राख्ने छन् । फोरमको पहिलो सम्मेलन सन २०१३ मा रसियामा भएको थियो ।पुन २३ चैत्रमा नेपाल फर्कने छन् ।