काठमाडौं – गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।
सोमबार बिहान महानगरी प्रहरी परिस काठमाडौंमा उपस्थित भएकी गायिका आस्थालाई यसअघि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । प्रहरीले अनुसन्धानका मिसिलहरु सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदी जानकारी दिए ।
उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा उनको बयान सकिएपछि जिल्ला प्रशासन कार्यालय लगिएको थियो । जिल्ला प्रशासनले उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तर, प्रहरीले भने सबै प्रक्रिया आजै टुंग्याउन सक्ने स्रोतले बताएको छ ।
भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।
उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया