काठमाडौं – प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी छन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।
अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । प्रहरीले आस्थालाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको जनाएको छ ।
राउतलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको थियो । राउत सोमबार बिहान महानगरी प्रहरी परिस काठमाडौंमा उपस्थित भएकी थिइन् ।
भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।
उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया