एटिएममार्फत रकम झिक्ने बुल्गेरियन नागरिक सीआईबीको फन्दामा

एटिएममार्फत रकम झिक्ने बुल्गेरियन नागरिक सीआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनधिकृतरूपमा ‘एटिएम कार्ड’को प्रयोग गरी रकम झिक्ने एक जना बुल्गेरियन नागरिकलाई पक्राउ गरेको छ।

 

 

 

सीआईबीले बुल्गेरियाका नागरिक भिटालिय भालेभिच्नेकिटलाई काठमाडांैको ठमेल, नरसिंहचोकस्थित एक होटलबाट पक्राउ गरेको हो।

 

 

 

उनको साथबाट १८ थान एटिएम कार्ड, ग्लोबल आइएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटिएमबाट रकम निकालेको कागज, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न प्रकारका औजार प्रहरीले बरामद गरेको छ।

 

 

 

पक्राउ परेका अभियुक्तमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

 

 

हालसम्म ब्यूरोले विदेशी नागरिकविरुद्ध गरिएको कारबाहीमा चार रोमानियन, चार टर्किस, चार बुल्गेरियन, चार मोल्दोभियन र दुई भारतीय गरी जम्मा १८ जना विदेशी नागरिक पक्राउ गरिसकेको छ।