राष्ट्र बैंकद्धारा एटीएमबाट दैनिक १ लाख झिक्न पाउने गरी नयां निर्देशिका जारी

राष्ट्र बैंकद्धारा एटीएमबाट दैनिक १ लाख झिक्न पाउने गरी नयां निर्देशिका जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरूको एटीएमबाट दैनिक १ लाख रुपैयां पाउने नियम ल्याएको छ । यसअघि दैनिक ६० हजार मात्र झिक्न पाउने व्यवस्था भएकोमा राष्ट्र बैंकले बिहीबार एक पटकमा २५ हजारसम्म र दैनिक १ लाख झिक्न पाउने व्यवस्था गरेको हो ।

नयां निर्देशिकामा बैंक तथा वित्तीय संस्थाहरूले फरक संस्था भई नेपालभित्र जारी गरिएका डेबिट कार्डबाट रकम झिक्दा एक पटकमा प्रति कारोबार न्यूनतम ५ सय रुपैयांदेखि अधिकतम २५ हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गर्नुपर्ने उल्लेख छ । गत भदौअघि १ लाख नै झिक्न पाउने व्यवस्था भएपनि चिनियां ह्याकरले एटीएमबाट पैसा चारेपछि दैनिक ६० हजार मात्र निकाल्न पाउने व्यवस्था गरिएको थियो ।